काठमाडौं ।
शुक्रबार सेयर बजार १३.४६ अंक घटेको छ ।
आइतबार सार्वजनिक बिदा हुने भएसँगै शुक्रबार सेयर कारोबार हुन थालेको छ । शुक्रबारको कारोबारपछि नेप्से परिसूचक २८३७ अंकमा कायम भएको छ ।
कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ९ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९९ करोडको भयो ।
५६ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने तीनको स्थिर रह्यो ।













