आइतबार पनि सेवा जारी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि सेवालाई निरन्तरता दिन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । हप्तामा दुई दिन सार्वजानिक बिदा हुँदा स्वास्थ्य सेवा अस्तव्यस्त हुने गुनासो आएसँगै सो निर्णय गरेको हो । सरकारले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार बिदा दिने निर्णय गरिसकेको छ ।

सार्वजनिक विदाका कारण स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको हो ।मन्त्रालय सहप्रवक्ता डा। समीर कुमार अधिकारीका अनुसार सार्वजनिक बिदा भए पनि अस्पतालहरूले कार्यभार र उपलब्ध जनशक्ति हेरेर आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ ।

यदि सो अनुसार बिदा दिन सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन मन्त्रालयले भनेको छ ।

उक्त व्यवस्था देशभरका प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई भनिएको छ ।

  • २७ चैत्र २०८२, शुक्रबार १३:५४ प्रकाशित