भैरहवाबाट पोखरा आउँदै गरेको मिनि ट्रकबाट एक लाख बढीको बिलबिनाको सामान बरामद

केन्द्रभाग मिडिया

पोखरा ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बिल बिनाको सामान बरामद् गरेको छ ।

भैरहवाबाट पोखरा तर्फ आउँदै गरेको ग १ क ४५३९ नम्बरको मिनि ट्रक चेक गर्ने क्रममा बिनाबिलका अन्दाजी एक लाख पाँचसय पैसठी रुपैयाँ बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ ।

मिनि ट्रकबाट ३ हजार पिस ओरियो बिस्कुट, २६४ पिस स्नीकीर्यस मिठाई, ८४० पिस मालकिष्ट बिष्कुट र १८० पिस डेरी मिल्क बरामद भएको प्रहरीले बताएको छ ।

  • २६ चैत्र २०८२, बिहीबार १४:२७ प्रकाशित