कलाकार सागर लम्साल ‘बले’विरुद्ध न्यूयोर्क प्रहरीमा उजुरी

केन्द्रभाग मिडिया

काठमाडौं ।

कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा बलात्कारको जाहेरी दिएकी छन् ।ती युवतीले मंगलबार प्रहरीमा जाहेरी दिएको काका नाता पर्ने परिवारका एक सदस्यले जानकारी दिए । ती छात्रा न्यूयोर्कको क्विन्समा बस्दै आएकी छिन् ।

त्यहाँस्थित अपार्टमेन्टमा ‘बले’ले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै ती युवतीले फेसबुकमा स्टाटस लेखेकी थिइन् । उनको स्टाटसपछि शनिबार प्रहरीले बलेलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

अहिले अभद्र व्यवहारको मुद्दामा बलेलाई जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थपेर हिरासतमा राखिएको छ । अभद्र व्यवहारमा सीडीओले बढीमा २५ दिन हिरासतमा राख्न सक्ने प्रावधान छ ।

ती छात्राले आफैंले प्रहरीकहाँ उजुरी दिएको उनको परिवारका सदस्यले बताए । नेपालमा भने जाहेरी दिने वा नदिने भन्ने कुरा निश्चित नभैसकेको पीडित छात्राको परिवारका ती सदस्यले बताए ।

  • २६ चैत्र २०८२, बिहीबार १३:५६ प्रकाशित