पाेखरा ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ ।
तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्रा मुद्राको भाउ बढेको छ ।
हिजो पनि अमेरिकी डलरको भाउ घटेको थियो । अस्ट्रेलियन डलर र युरोको भाउ हिजाे पनि बढेकाे थियो । विगत केही दिनदेखि अमेरिकी डलरको भाउ निरन्तर घटिरहेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा थियो ।
यही चैत १८ गते अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिददर १७३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७८ पैसा छ। हिजो युरो १ को खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९० पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४६ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ २९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७२ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३५ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ३१ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४८५ रुपैयाँ ८१ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ३२ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ९७ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













