४२ अङ्कले बढ्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको कारोबारको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ४२.१२ अङ्कले बढेर २७९९.५३ विन्दुमा पुगेर बन्द भएको छ ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । आज कुल ३४५ कम्पनीका १ करोड ८६ लाख कित्ता सेयर कारोबारबाट ८ अर्ब २१ करोड ५४ लाख रुपैयाँ बराबरको खरिद–बिक्री भएको छ ।

आज कुल २४३ कम्पनीको मूल्य बढ्दा २१ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

  • २५ चैत्र २०८२, बुधबार १५:२६ प्रकाशित