राष्ट्रियसभाका समिति सभापतिहरूले लिए शपथ

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार सङ्घीय संसद् सचिवालयमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष समितिका सभापतिहरूले शपथ लिएका हुन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

यसअघि मङ्गलवार बसेको सम्बन्धित समितिको छुट्टाछुट्टै बैठकले सर्वसम्मत रूपमा सभापति चयन गरेको थियो ।

  • २५ चैत्र २०८२, बुधबार १४:४८ प्रकाशित