स्याङ्जामा फरार दुई प्रतिवादी २९ वर्षपछि पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

स्याङ्जामा फरार दुई प्रतिवादी २९ वर्षपछि पक्राउ परेका छन् ।

बहु विवाह मुद्दाका दुई फरार प्रतिवादी आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।पक्राउ पर्नेमा स्याङ्जा विरुवा गाउँपालिका वडा नम्बर ४ का ५२ वर्षीय उमाकान्त पोखरेल भन्ने हुम बहादुर थापा र ४३ वर्षीया शारदा देवी पोखरेल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएकोमा फरार भएका थिए ।उनीहरुले आफ्नो वास्वविक पहिचान लुकाई लामो समयदेखि भारतमा बस्दै आएको अनुसन्धानबाट खुलेको छ ।

  • २४ चैत्र २०८२, मंगलवार १७:०० प्रकाशित