ललितपुरको थसिखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

symbolic photo

ललितपुर ।

ललितपुर महानगरपालिका वडा नं. १४ थसिखेलमा आज मध्याह्न भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।

सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो।

प्रहरीका अनुसार मधेस प्रदेश ०३-००१ ख ८०६८ नम्बरको ट्रकले सोही दिशामा जाँदै गरेको बागमती प्रदेश ९५४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी मोटरसाइकल चालक सुनसरी घर भई हाल ललितपुरको सानेपा बस्ने ६५ वर्षीय बिदुर गुरुङ र मोटरसाइकलको पछाडि सवार ८४ वर्षीया धनमाया गुरुङ गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि अल्का अस्पताल पठाइएकोमा चिकित्सकले दिउँसो १:१० बजे मृत घोषणा गरेका थिए।

  • २४ चैत्र २०८२, मंगलवार १५:०६ प्रकाशित