पोखरा ।
आज (शनिबार) अमेरिकी डलर र कुवेती दिनारको भाउ स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको भाउ उच्चदरमा घटेको थियो ।
आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहितका मुद्राको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा छ । हिजो पनि अमेरिकी विनिमयदर यही थियो ।
त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा छ । हिजो युरो १ को खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ १३ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९२ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०३ रुपैयाँ १२ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४४ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ४८६ रुपैयाँ ४६ पैसा छ । हिजो पनि कुबेती दिनारको विनिमयदर यही थियो ।
आज बहराइन दिनार १ को खरिदर ३९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४२ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३९३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













