अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज अमेरिकी डलर, कुवेती दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ उच्चदरमा घटेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारको भाउ पनि उल्लेख्य मात्रामा घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा छ ।

हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा थियो । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। गएको बुधबार उच्च मूल्यमा पुगेको अमेरिकी डलरको विनिमयदर आज घटेको हो ।

त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा छ । हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३६ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ १३ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९२ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर २०२ रुपैयाँ ४० पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४४ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६२ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ४८६ रुपैयाँ ४६ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४९३ रुपैयाँ ६९पैसा र बिक्रीदर ४९५ रुपैयाँ ६५ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३९३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७० पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • २० चैत्र २०८२, शुक्रबार ०७:२५ प्रकाशित