ओली-लेखक पक्राउबारे रविको जवाफ : भने, ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो यसलाई प्रतिशोध भन्न मिल्दैन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको विषयमा भएको भएको विरोधप्रति जवाफ फर्काएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका हुन् ।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई स्मरण गर्दै लामिछानेले भने, ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो यसलाई प्रतिशोधन भन्न पाइनेछैन ।’

उनले विधिको पालना गर्न विपक्षी दलहरूलाई पनि आग्रह गरे ।त्यस्तै उनले सत्ता छाड्न परेपछि विदेशी चलखेल भनेर गरिने भाषण अब नहुने बताए ।

यसअघि सत्तामा रहेका दलहरूलाई लक्षित गर्दै उनले भने, ‘सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने खेल अब हुनेछैन । पारदर्शी परराष्ट्र नीति अब हुनेछ । यसले पहिले राष्ट्रहित सुनिश्चित हुनेछ ।’

उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा पारदर्शीता र सुरक्षाको ग्यारेन्टी पनि गरे ।

  • १९ चैत्र २०८२, बिहीबार १५:०६ प्रकाशित