पोखरा ।
नेपाली नयाँ वर्षको अबसरमा होटल संघ पोखराले आयोजना गर्दै आएको फेवा नववर्ष महोत्सवको २१ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । यहि २९ चैतदेखि १ बैशाखसम्म फेवा किनारमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आज (बिहीबार) विहान पत्रकार भेटघाट मार्फत जानकारी दिइएको हो ।
महोत्सव लेकसाइडको खहरेचोकदेखि सहिदचोक बिचको सडकमा सञ्चालन हुनेछ । महोत्सव अवधिभर होटल संघ अन्तर्गतका होटलले २५ प्रतिशतसम्म छुट दिई सेवा प्रदान गर्ने भएको छ । ईसेवाबाट होटल बुक गर्दा १० प्रतिशतसम्म क्यासब्याक हुने आयोजकले जनाएको छ ।
प्रदेश स्तरीय सांस्कृतिक कार्यक्रम, खानाको प्रर्दशनी, परम्परागत पञ्चेबाजा प्रतियोगीता र पर्यटक दौड प्रतियोगीता महोत्सवको मुख्य आकर्षण रहेका आयोजक संस्था होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार साँस्कृतिक, मनोरञ्जनात्मक, लोकदोहोरी र पप कन्सर्टका कार्यक्रम पनि हुने भएको छ । महोत्सवको उद्घाटन अघि खहरेबाट झाँकी निकालिने भएको छ । झाँकी अम्बोट पुगेपछि महोत्सवको औपचारिक उद्घाटन समारोह सुरु हुने छ ।
आयोजकले गण्डकी प्रदेशसँगको सहकार्यमा जाउँ है पोखरा अभियान मार्फत नव वर्ष महोत्सवको निमन्त्रण विभिन्न प्रदेशमा पुगेर बाँडिसकेको जनाएको छ ।
महोत्सवलाई व्यवस्थित र भव्यताका साथ सम्पन्न गर्नका लागि २० वटा विभिन्न उपसमिति गठन गरिएको अध्यक्ष सुवेदीले बताए ।
जसमा महोत्सव संयोजकमा लक्ष्मण सुवेदी, एरिया संयोजकमा शिवराज पहारी, अतिथि सत्कारको संयोजकमा विकल तुलाचन, एरिया संयोजकमा सरोज अधिकारी, महोत्सव अनुगमनको संयोजकमा पूर्व अध्यक्ष एवम् सल्लाहकार, एरिया संयोजकमा दयानन्द पोखरेल र शंकर तिवारी नियुक्त भएका छन् ।
सहसंयोजक एवम् व्यानर संकलनको संयोजकको रुपमा दिपक श्रेष्ठ, एरिया संयोजकमा कुल बहादुर आचार्य र अनिल सिंह, बिक्रि वितरण संयोजकमा गणेशराज पहारी, एरिया संयोजकमा डिल्लीराम गौतम र हरी आचार्य रहेका छन् ।
प्रचार प्रसार एवम् स्टल संयोजकमा पार्वता पाण्डे, एरिया संयोजकमा आग्रह अर्याल, आर्थिक एवम् सचिवालय संयोजकमा नेत्रप्रसाद पौडेल,सांस्कृतिक कार्यक्रमको संयोजकमा वैभव पौडेल, एरिया संयोजकमा महदत्त भूषाल,खानेपानी, वातावरण एवंम् सरसफाई संयोजकमा महदत्त भुषाल, सुनिल बहादुर भट्टराई, एरिया संयोजकमा शालिकराम पौडेल, प्रज्वल गिरी रहेका छन् ।
यस्तै साँस्कृतिक झाँकी व्यवस्थापनको संयोजकमा डिल्लीराम गौतम, पम्पा देवकोटा पहारी, विकास के।सी, तेज बहादुर गुरुङ, एरिया संयोजकमा शेखर पंगेनी, कृष्णा के।सी, पार्वता पाण्डे रहेका छन् ।
ब्यानर छपाई संयोजकमा शिवराज पहारी, सरोज अधिकारी, एरिया संयोजकमा चक्रपाणी सुवेदी, प्रतिक राज पहारी, मनोज पहारी, मायाको चिनो तथा प्रमाण पत्र संयोजकमा पञ्चम लामा, एरिया संयोजकमा नेत्रप्रसाद पौडेल, वेदनिधि पहारी रहेका छन् ।
पर्यटक दौड संयोजकमा प्रतिक राज पहारी, आग्रह अर्याल, सुनिल हिराचन, एरिया संयोजकमा ओम प्रकाश पन्थी, सोभियत थापा, पाकिंङ्ग व्यवस्थापन संयोजकमा दयानन्द पोखरेल, अनिल सिंह, खिमराज लामिछाने, एरिया संयोजकमा माधव लम्साल, सागर बराल, प्रकाश पहारी रहेका छन् ।
स्वास्थ्य एवम् स्वयंसेवक संयोजकमा हरी आचार्य, कुल बहादुर आचार्य,एरिया संयोजकमा विकल तुलाचन, बासु पहारी, विद्युत, स्टेज तथा सडक सजावट संयोजकमा शिव प्रसाद अधिकारी, बासुपहारी,शेखर पंगेनी, शंकर तिवारी, हरिलाल तिमल्सीना रहेका छन् ।
साँस्कृतिक कार्यक्रम संयोजकमा शालिकराम पौडेल, भरतराज शर्मा, कृष्ण के।सी,एरिया संयोजकमा गणेशराज पहारी, पम्फा देवकोटा, सवारी पास व्यवस्थापन संयोजकमा चक्रपाणी सुवेदी,मनोज पहारी, प्रज्वल गिरी, एरिया संयोजकमा भरतराज शर्मा, सुनिल बहादुर भट्टराइ, खिमराज लामिछाने, मिडिया समन्वय संयोजकमा रुपनारायण ढकाल, एरिया संयोजकमा पञ्चम लामा, विकास के।सी, सुनिल हिराचन, तेज बहादुर गुरुङ्ग रहेका छन् ।













