पोखरा ।
आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च दरमा स्थिर छ । अस्ट्रेलियन डलर, बहराइन दिनारसहितका केही विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्ड, कुवेती दिनारसहित केही मुद्राको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
आज युरो १ को खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा छ। हिजो युरो १ को खरिददर १७४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ०६ पैसा र बिक्रीदर २००रुपैयाँ ८५ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ५२ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३२ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ १० पैसा र बिक्रीदर १०५ रुपैयाँ ५१ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०४ रुपैयाँ २८ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ३२ पैसा छ । हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो ।
आज बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४०३ रुपैयाँ २९ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७० पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













