आज १९ अंक बढ्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.७० अंक बढेको छ । अघिल्ला दुई दिनमा ११९ अंक घटेको नेप्से आज बढेसँगै २८५१ अंकमा कायम भएको छ । दिउँसो १२ स् ०६ बजे नेप्से परिसूचक २७८९ अंकसम्म झरेको थियो, जुन अंक कारोबार अवधिभरको न्यूनतम विन्दु रह्यो ।

आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन १२ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ११ अर्ब ११ करोडको भयो । १९५ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ९ को स्थिर रह्यो ।

  • १७ चैत्र २०८२, मंगलवार १५:४९ प्रकाशित