अमेरिकी डलरको भाउ आजपनि स्थिर, अधिकांश मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजकालागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।

त्यसैगरि आज युरो १ को खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९६ पैसा छ। हिजो युरो १ को खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ६७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २० पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४८ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७९ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९३ रुपैयाँ २७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ २३ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७१ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २१ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ १६ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

  • १६ चैत्र २०८२, सोमबार ०७:४० प्रकाशित