काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गर्दैै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश हुँदैछ ।गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै दुवै पक्षले छुट्टाछुट्टै तर एकसाथ निवेदन पेश गर्ने तयारी गरेका छन् ।
ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्यले निवेदन दिने तयारी छ भने एमाले निकट कानून व्यवसायीहरुले वकालत गर्नेछन् । आज निवेदन दर्ता भयो भने भोलि सुनुवाइ हुनेछ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए ।














