सुधारको काममा इमानदार प्रयास गर्छु : स्वर्णिम वाग्ले

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सांसदका रूपमा शासकीय सुधारमा इमानदार प्रयास गर्ने बताएका छन् । बिहीबार सांसदको शपथ लिन सिंहदरबार पुगेका बेला पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै वाग्ले तनहुँका जनताको आकांक्षाअनुसार आफूले काम गर्ने बताएका हुन् ।

‘सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ,’ वाग्लेले भने, ‘हाम्रो जुन वाचापत्र छ, त्यसैअनुसार काम गर्छौँ ।’

मूलत:तनहुँका जनताको चाहनाअनुरूप आफूले काम गर्ने उनले बताए । ‘तनहुँका दाजुभाइ दिदीबहिनीले बढीभन्दा बढी मतले मलाई जिताएर पठाउनुभएको छ, देशको सुशासन र समृद्धि, तनहुँका विकास निर्माण, त्यहाँका जनताको समृद्धिको आकांक्षा, त्यहाँको सुशासनप्रतिको उत्कट छ त्यसअनुसार काम गर्छु,’ उनले भने ।

 

  • १२ चैत्र २०८२, बिहीबार १५:२२ प्रकाशित