काठमाडौं ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (हर्क) साम्पाङले आफुहरु प्रतिपक्षमा रहने बताएका छन् ।
शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।‘हामी प्रतिपक्षमा रहन्छौँ । हामीले पाएको म्यान्डेट नै यही हो । तर, रचनात्मक र आलोचनात्मक समर्थन रहन्छ,’ उनले भने, ‘प्रतिपक्षी भन्नेबित्तिकै विरोध गरिहाल्ने भन्ने हुँदैन । राम्रो काम गर्दा हाम्रो पूर्ण समर्थन भइहाल्छ ।’
उनले यसपटकको संसद्मा आफूसहित धेरै नयाँ रहेको भन्दै सिक्नुपर्ने धेरै रहेको पनि बताए ।नयाँ छौं सिक्नुपर्ने थुप्रो छ । पहिले प्रश्न गर्ने ठाउँमा थियौं । अहिले गाली खाने ठाउँमा आइयो । उत्साह थोरै छ, जिम्मेवारी बोध धेरै छ,’ उनले भने ।














