काठमाडौं ।
अघिल्ला पाँच कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज २४.४५ अंक घटेको हो । सो कमीपछि नेप्से २९३५ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २३.८३ अंक बढेको थियो ।
बजार घट्दा पनि कारोबार रकम बढेको छ, अघिल्लो दिन १४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १५ अर्ब ९ करोडको भयो । ४५ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ७ को स्थिर रह्यो ।














