पोखरा ।
२० औं आहा रारा गोल्डकपमा मनाङ र्मस्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ र्मस्याङदी अन्तिम चारमा प्रवेश गरेको हो । मनाङको जितमा रुपेश केसी र ओला वलीले एक-एक गोल गरे । खेल अनुसार ओला ओली म्यान अफ दि म्याचबाट पुरस्कृत भए ।
पोखरा रंगशालामा मनाङलाई जित दिलाउन ६४ औँ र ८७ औँ मिनेटमा रुपेश केसी र आफिज ओलावाले एक-एक गोल गरे ।
यस अघि मनाङले ६ पटक उपाधि जितिसकेको छ।
अब मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ । पुलिस भने बाहिरिएको छ ।
यस अघि एपीएफ बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ ।
भोली मछिन्द्र र डिफेन्डीङ च्याम्पियन संकटा भिड्ने भएका छन् ।