फिल्म ‘तेल भिसा’का निर्माता शिवराज कार्की ठगीको आरोपमा पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

फिल्म ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीको आरोपमा उनलाई पक्राउ गरेको हो । कार्कीलाई मंगलबार काठमाडौँको स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अमेरिका लगिदिन्छु भन्दै केही व्यक्तिसँग पैसा उठाएको उजुरीपछि कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।उनले २५० जनालाई ठगी गरको आरोप छ । १०० जना भन्दा बढी पीडित भने प्रहरीको सम्पर्कमा पुगिसकेका छन् ।यसअघि उनीविरुद्ध २५ असार २०८२ मा प्रहरी वृत्त लैनचौरबाट बैंकिङ कसुरको मुद्दा समेत चलेको थियो ।

पछिल्लो तीन महिनादेखि भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जमा बस्दै आएका उनीबाट भारतीय आधार कार्ड र प्यान कार्ड समेत बरामद भएको छ । उनी भारतमा अन्नपूर्ण फास्टफुड सञ्चालन गरेर बस्दै आएका थिए ।

यसअघि अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा ‘तेल भिसा’ निर्माता तथा निर्देशक शङ्कर घिमिरे र उनकी श्रीमती ऋचा घिमिरेविरुद्ध ०८१ कात्तिक अन्तिममा उजुरी परेको थियो ।

फिल्म ‘तेल भिसा’ ०८१ मंसिर ७ गतेबाट प्रदर्शनमा आएको थियो । फिल्मले अमेरिका बस्दै आएका नेपाली समुदायको कथा उठाएको थियो ।

  • १० चैत्र २०८२, मंगलवार १६:३१ प्रकाशित