काठमाडौं ।
‘जेनजी मुभमेन्ट नेपाल’ले जेनजी आन्दोलनका विषयमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै मुभमेन्टले चैत १३ गतेभित्र प्रतिवेदन सार्वजनिक नगरिए राष्ट्रपति निवास (शीतलनिवास) घेराउ गर्ने चेतावनी दिएको हो।
संस्थाका प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रतिवेदनले देशको राजनीतिक नयाँ दिशाबोध गर्ने विश्वास गरिँदै आएको अवस्थामा यसलाई लुकाएर राख्नु पारदर्शिता, उत्तरदायित्व र सुशासनको सिद्धान्तविपरीत हो।’
मुभमेन्टले राज्यसत्ताको दुरुपयोग गरी आन्दोलनकारीको हत्या गर्ने र देशमा अशान्ति मच्चाउनेहरूलाई शासनसत्तामा स्थान दिनु नहुने अडान समेत राखेको छ।















