कोरोना संक्रमण भएका एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था कस्तो छ ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना पोजेटिभ देखिएको छ । शनिवार गरिएको पिसिआर परीक्षणमा अध्यक्ष ओलीलाई पोजिटिभ देखिएको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेका छन् ।

अध्यक्ष ओलीलाई पहिलो पटक कोरोना संक्रमण भएको हो ।

उच्च सावधानी अपनाउँदै आएका पूर्वप्रधानमन्त्री ओली यसपटक तेस्रो लहरमा भने संक्रमित हुन पुगे । अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

 

  • ९ माघ २०७८, आईतवार १६:३६ प्रकाशित