पोखरा ।
म्याग्दीबाट स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित सांसद डा. महावीर पुनले अब बन्ने रास्वपाको सरकारले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नुपर्ने बताएका छन् ।
नयाँ सरकारले भ्रष्टचार रोक्न नसके जनतालाई ठूलो धोका हुने उनले उल्लेख गरेका छन् । मंलबार विहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भ्रष्टाचार रोक्न नसके रास्वपा पनि हराएर जाने टिप्पणी गरे ।
भ्रष्टाचार र कुशासन हटाउन आफूले सरकारलाई पूर्णरुपमा सहयोग गर्ने पनि उनले बताएका छन् । ‘अव आउने रास्वपाको सरकारले पहिलो दिन देखि नै भ्रष्टाचारीहरुलाई नियम पुऱ्याएर कहिल्यै उठ्न नसक्ने गरि नंग्याउनु पर्छ । नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ ।
सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ र रास्वपा पनि कालान्तरमा हराएर जानेछ’ महिना भित्र जनताले सुशासनको अनुभुति गर्न सकुन् । भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पूर्ण सहयोग गर्नेछु।’














