अन्तर्घातकै कारण पराजय भोग्नु परेको कांग्रेसको निष्कर्ष

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा भएको समीक्षाबारे जानकारी गराउँदै प्रवक्ता देवराज चालिसेले कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पराजय हुनुको कारण अन्तर्घात रहेको बताएका छन् ।

उनले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतस् आन्तरिक कारण जिम्मेवार रहेको देखिएको जानकारी दिए ।

३ हजारदेखि ५ हजारसम्मको मतान्तरले हार भएका क्षेत्रहरुमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमै कमजोरी भएको उनले बताए । ५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको निष्कर्ष उनले सुनाए ।

केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको कांग्रेसलाई गर्ने विश्वासमै कमी आएको देखिएको पनि उनले सुनाए । ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको कांग्रेसले अपेक्षित मत पाउन नसक्नु पनि गम्भीर प्रश्न बनेको उनको भनाइ छ ।

जारी केन्द्रिय समितिको बैठकमा मुख्यतस् निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी दुई विषयमा केन्द्रित भएर छलफल भइरहेको जानकारी उनले गराए ।बैठकले कांग्रेसलाई फेरि सशक्त बनाएर जनतामाझ लैजानेगरी कार्यदिशा तय गर्ने उनको भनाइ छ ।

  • ८ चैत्र २०८२, आईतवार १३:२० प्रकाशित