कांग्रेस सभापति थापाको राजीनामाबारे पर्सि निर्णय हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

कांग्रेस सभापति गगन थापाको राजीनामाको विषयमा पर्सि निर्णय हुने भएको छ। केन्द्रीय सदस्यहरूले धारणा राख्ने काम जारी रहेकोले आज निर्णय नलिने महामन्त्री प्रदीप पौडेलले बताए ।

बोल्ने क्रम नसकिएपछि अर्को बैठक पर्सी डाकिएको उनले जानकारी दिएका छन् । पर्सिको बैठकले राजीनामा स्वीकृति वा अस्वीकृत गर्ने पौडेलको भनाइ छ ।

‘आज कुनै निर्णय भएन । धारणा राख्ने सबैले राजीनामा स्वीकृत गर्नु हुँदैन भन्नुभएको छ । पर्सी साढे आठ बजे अर्को बैठक राखिएको छ, त्यसमा निर्णय हुन्छ,’ उनले भने ।

  • ६ चैत्र २०८२, शुक्रबार १७:१४ प्रकाशित