अर्जुननरसिंह केसीले कांग्रेस संसदीय दलको नेतामा दाबी गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको प्रतिनिधिसभा संसदीय दलको नेतामा दाबी गर्ने भएका छन् ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट सांसद भएका केसीले संसदीय दलको नेतामा आफूले दाबी राख्ने बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूसँग केसीले दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका हुन् ।

केसीले दलको नेतामा आफ्नो दाबी स्वभाविक रहेको पनि बताए ।‘संसदीय दलको नेतामा स्वतः दाबी हुन्छ । म सबैभन्दा त्यहाँको सिनियर नेता हुँ,’ केसीले सञ्चारकर्मीहरूसँग भने, ‘संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलो योगदान गरेको छु । अझ तपाईंहरूमध्ये कोही इतिहासलाई हेर्नुहुन्छ भने २०४७ देखिको संसद् कांग्रेसको सिंगै धानिदिने मध्ये म पनि हुँ ।’

दलको नेता सहमतिबाट चयन होस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ थियो ।

  • ६ चैत्र २०८२, शुक्रबार १४:१७ प्रकाशित