काठमाडौं ।
बुधबार सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा पर्व मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा एक विशेष समारोहका बिच जात्रा सम्पन्न भएको हो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरूलगायतको पनि उपस्थिति रहेको थियो ।
समारोहमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको थियो ।
काठमाडौँ उपत्यकामा चैत्र कृष्ण औँशीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व मनाउने गरिन्छ ।













