एमाले अध्यक्ष ओलीलाई उपराष्ट्रपति यादवको समवेदना

केन्द्रभाग मिडिया

काठमाडौं।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना प्रकट गरेका छन् ।

मंगलबार ओली निवास गुण्डु पुगेर उपराष्ट्रपति यादवले पितृशोकमा रहेका ओलीलाई समवेदना प्रकट गरेका हुन्।उपराष्ट्रपति यादवले ओलीका बुबा दिवङ्गत मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण समेत गरेका छन्।

मोहनप्रसाद ओलीको गत शुक्रबार ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।

  • ३ चैत्र २०८२, मंगलवार १४:३० प्रकाशित