गण्डकीमा थप एक संक्रमितको मृत्यु, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा थप ४२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ८०७ स्वाबका नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सोही सयममा ११४ जना संक्रमण मुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ४३० छ भने, ४ हजार ३५६ संक्रमित होमआइसोलेसनमा छन् ।

थप एक संक्रमितको मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ । मृत्यु हुनेमा तनहुँ जिल्ला, बन्दिपुर गाउँपालिका–२की ९२ वर्षीय महिला रहेकी छन् ।

  • ८ माघ २०७८, शनिबार १६:२६ प्रकाशित