रास्वपाको सचिवालय बैठक आज बस्ने

वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता बनाउन विधान संसोधन गरिने, समानुपातिक सांसदको नाम टुंग्याइने

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आफ्ना समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।

सचिवालयको बैठक आज बस्न लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकको समय र स्थान भने तय नभइसकेको उनले जानकारी दिए । ‘सभापति ज्युको निर्देशन अनुसार आज बैठक बस्दैछ’ उनले भने, ‘बैठकको समय र स्थान तय भएको छैन ।’

समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीय हुने बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल गर्ने बताइएको छ ।

  • ३० फाल्गुन २०८२, शनिबार ०८:०६ प्रकाशित