रिहा भए दीपक मनाङे

केन्द्रभाग मिडिया

काठमाडौं ।

गण्डकी प्रदेशका पूर्वसांसद राजिव गुरूङ (दीपक मनाङे) रिहा भएका छन् । डिल्लीबजार कारागारमा रहेका उनी बुधबार छुटेका कारागार प्रशासनले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा पूर्वमन्त्री समेत रहेका उनलाई ३१ वैशाख २०६१ मा मिलन गुरूङ ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा सर्वोच्चले ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गरेको थियो । २० वर्षपछि २० कात्तिक २०८१ मा सर्वोच्चबाट मनाङेलाई ५ वर्ष कैद सजायको फैसला भएको थियो ।

यो सजाय २८ साउन २०६९ मा उच्च अदालत पाटनले गरेको सदर सजाय थियो । मनाङेले २३ वैशाख २०७५ मा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए ।

यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका थिए ।

  • २७ फाल्गुन २०८२, बुधबार १६:२० प्रकाशित