चितवन ।
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विजयी भएका छन् ।
चितवन २ को घोषित परिणाम अनुसार लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ९३५ मत पाएकी छिन् । यस्तै, एमालेका अस्मिन घिमिरेले ६ हजार ९९५ मत ल्याएका छन् ।
लामिछानेले २०८० सालमा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गरेका थिए । यस्तै सो समयमा नेपाली कांग्रेसका उम्मेदवारलाई ११ हजार २१४ मत र एमालेका उम्मेदवारले १० हजार ९३६ मत प्राप्त गरेका थिए ।













