सुनसरी १ मा साम्पाङले लिए अग्रता

केन्द्रभाग मिडिया

 

सुनसरी ।

सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता लिएका छन् ।
प्रतिनिधि सभा सदस्य पदको मतगणनामा साम्पाङले ५ हजार ८९१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गोमा तामाङको ४ हजार ८०९ मत रहेको छ ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सूर्य बहादुर भट्टराईले १ हजार २९१ मत पाउँदा एमालेका टिकाराम लिम्बुले ९६४ मत पाएका छन् । यसैगरी, नेपाली कांग्रेसका सुजेन्‍द्र तामाङले ८९८ प्राप्त गरेका छन् ।

  • २३ फाल्गुन २०८२, शनिबार ०८:५० प्रकाशित