पोखरा ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर २ मा मत गणना जारी छ । विगतमा नेकपा एमालेले जित्दै अएको यस निर्वाचन क्षेत्रमा यसपाली सुरुवात देखि नै रास्पाका उत्तम पौडेलले अग्रता बढाइरहेका छन् ।
उनले ७ हजार १७० मत प्राप्त गर्दा उनका प्रतिस्पिर्धी नेकपा एमालेका रश्मि आचार्यले २ हजार १५३ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका माधव प्रसाद बास्तोलाले १ हजार ७५ मत प्राप्त गरेका छन् । यस निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हेमबहादुर थापा पराजुलीले ३९३ मत प्राप्त गरेका छन् ।
राप्रपाका हेमजंग गुरुङले १८३ मत प्राप्त गरेका छन् ।
कास्की क्षेत्र नम्बर २ मा हालसम्म ९ हजार ५०५ मत गणना भएको छ ।














