चितवन ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवार दावा दोर्जे लामाले अग्रता कायम राखेका छन् ।
हालसम्म गणना भएको ४ हजार २९ मतमध्ये एमाले उम्मेदवार लामाले १ हजार ४१७ मत पाएका छन् भने कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १ हजार १४८ मत पाएका छन् ।
रास्वपा उम्मेदवार हरि ढकालले ६०० मत ल्याउँदा नेकपाका उम्मेदवार कृष्णराज पन्तले ३७३ मत ल्याएका छन् ।














