निर्वाचन सम्पन्न भएकामा राष्ट्रपति पौडेलद्वारा आभार प्रकट

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो मताधिकार प्रयोग गरी लोकतन्त्रलाई मजबुत बनाउने आम मतदाता र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धन्यवाद दिएका छन् । साथै उनले निर्वाचनलाई निष्पक्ष र सफलतापूर्वक सम्पन्न गराउन अहोरात्र खटिने सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल र राष्ट्रसेवक कर्मचारीहरूप्रति विशेष आभार प्रकट गरेका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले लोकतान्त्रिक अभ्यासको यो महत्त्वपूर्ण खुड्किलो पार हुनुलाई सकारात्मक उपलब्धिका रूपमा लिएका छन् । सबै पक्षको सामूहिक प्रयास र सक्रियताले नै यो राष्ट्रिय जिम्मेवारी पूरा हुन सम्भव भएको उनको ठम्याइ छ।

  • २१ फाल्गुन २०८२, बिहीबार २०:१२ प्रकाशित