निर्वाचन आयोगले भन्यो, ‘६० प्रतिशत मत खस्यो’

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६० प्रतिशत मतदान भएको बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

उनले केही ठाउँमा मतदान भइरहेको पनि बताए । मतदानको समय साँझ ५ बजेसम्म निर्धारण गरिएको थियो।

उक्त समयमा मतदान स्थल प्रवेश गरिसकेकाहरूले भने मतदान गर्न पाउनेछन् ।

  • २१ फाल्गुन २०८२, बिहीबार १८:३१ प्रकाशित