चुनावअघि बढ्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभाको चुनाव अघि सेयर बजारले २७ सय अंक नाघेको छ । मंगलबार बजार परिसूचक नेप्से ३८।५२ अंक बढेसँगै २७१२ मा कायम भएको छ । अब बजार चुनावपछि सोमबारदेखि मात्रै खुल्नेछ ।

चुनाव हुनुभन्दा करिब १० दिन अघिदेखि नै बजारमा उत्साह देखिएको छ । फागुन १० यता सेयर बजार ९८ अंक बढेको छ । सो दिन नेप्से परिसूचक २६१४ अंकमा थियो । कारोबार रकम पनि आज बढेको छ । अघिल्लो दिन ५ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ६ अर्ब २३ करोडको भयो ।

  • १९ फाल्गुन २०८२, मंगलवार १६:२० प्रकाशित