पोखरा ।
पोखरामा शंकास्पद भनिएको झोलामा भेटेरिनरीको औषधिहरु भेटिएको छ ।शङ्कास्पद वस्तु भनिएको झोलामा कृत्रिम गर्भाधानमा प्रयोग हुने सिमोन र नाइट्रोजन ग्यास भएको पुष्टि भएको छ ।
करिब २ घण्टासम्म शङ्कास्पद वस्तु भनेर स्थानीय त्रसित भएका थिए । पोखरा महानगरपालिका–६ लेकसाइड नजिकको लालुपाते मार्गमा आज बिहान ११ बजे एक अपरिचित व्यक्तिले शंकास्पदरुपमा झोला छोडेर गएका थिए ।
अपरिचित व्यक्तिले कपडा सिलाउने पसलमा केहीबेर राखिदिन आग्रह गरेर गएको केहीबेरपछि झोलाबाट गन्ध आएपछि स्थानीयले सुरक्षा निकाय पुगेको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद भनिएको झोलालाई खोलेर हेर्दा भेटरिनरीको औषधि भेटिएको हो ।
डिस्पोजकै क्रममा भिडियो भाइरल भएपछि झोलाका सम्बन्धित व्यक्ति आइपुगेका थिए । झोला र सम्पर्कमा आएका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी तालबाराही स्कुलमा सहायक मतदान अधिकृतका रूपमा खटिएका कास्की प्रहरीले जनाएको छ ।














