फेरि पक्राउ परे दुर्गा प्रसाईँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । उनलाई आइतबार बिहान भक्तपुरस्थित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउपछि प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । उनलाई पक्राउ गर्नुअघि प्रहरीले पक्राउ पुर्जी थमाएको थियो । पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा प्रसाईँले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका छन् । राजावादी अभियन्ता प्रसाईँ यसअघि पटकपटक पक्राउ र रिहा हुँदै आएका थिए ।

पछिल्लोपटक उनी यही ४ फागुनमा पक्राउ परेर सर्वोच्चको आदेशमा १३ फागुनमा रिहा भएका थिए ।

  • १७ फाल्गुन २०८२, आईतवार ०९:०५ प्रकाशित