उपचार र शिक्षाको लागि पैसा तिर्न नपर्ने बनाउँछौं : सभापति थापा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनै पनि नागरिकले उपचारका लागि खल्तीबाट पैसा तिर्नु नपर्ने र अभिभावकले सन्तानको शिक्षाको बिल तिर्नु नपर्ने अवस्था बनाउने बताएका छन् ।

बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले आगामी ५ वर्षलाई नेपालको इतिहासकै ‘स्वर्णिमकाल’ बनाउने संकल्प गर्दै यस्तो बताएका हुन् । उनले कांग्रेसले अबको ५ वर्षमा देशको अवस्था बदल्ने र मुलुकलाई कुनै पनि प्रकारको राजनीतिक वा सामाजिक दुर्घटनामा पर्न नदिने प्रतिबद्धता जनाए समेत जनाए ।

उनले अबको पाँच वर्ष (वि.सं. २०८२ देखि २०८७ सम्म) लाई नेपालको विकासको सबैभन्दा सफल अवधि बनाउने उद्घोष गरे । उनले कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकता दिने उनको भनाई छ ।

सभापति थापाले नेकपा एमाले, माओवादी र नयाँ आएका दलहरूको प्रवृत्तिको आलोचना गरे । माओवादीले विगतमा हिंसात्मक राजनीति गरेर कर्णालीलाई पीडा दिएको र अहिले नयाँ भनिएका दलहरूले केवल सामाजिक सञ्जालमा ‘भाइरल’ हुनका लागि उत्तेजना र घृणा फैलाएको आरोप उनले लगाए ।

  • १४ फाल्गुन २०८२, बिहीबार १९:५७ प्रकाशित