रास्वपा नवलपरासीका सभापति ठकुरी कांग्रेसमा प्रवेश

केन्द्रभाग मिडिया

नवलपरासी ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई बिहीबार पार्टी प्रवेश गराएका हुन् । उनले ठकुरीलाई खादामालाले स्वागत गरे ।

नवलपरासी बर्दघाटको चौपतामा भएको कांग्रेसको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन् । निर्वाचनको मिति नजिकिँदै जाँदा रास्वपामा असन्तुष्टि जनाउँदै पुराना नेताहरुले पार्टी छाड्नेक्रम बढेको छ ।

  • १४ फाल्गुन २०८२, बिहीबार १४:०९ प्रकाशित