आज कति छ सुनको मुल्य ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

सुनको मूल्यमा कुनै परिवर्तन नभए पनि चाँदीको मूल्यमा वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ७ सय १५ पुगेको छ। मंगलबार चाँदी प्रतितोला  ५ हजार ५ सय ८५ मा कारोबार भएको थियो। यसअनुसार चाँदीमा प्रतितोला १३० ले वृद्धि भएको महासंघले जनाएको छ।

त्यसैगरी, बुधबार सुन प्रतिदश ग्राम २ लाख ६९ हजार ८ सय ९० र चाँदी प्रतिदश ग्राम  ४ हजार ९ सयमा कारोबार भइरहेको छ।

  • १३ फाल्गुन २०८२, बुधबार ११:०९ प्रकाशित