काठमाडौं ।
विभिन्न सातवटा निर्माण कम्पनी कालो सूचीमा परेका छन् । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई कालो सूचीमा राखेको हो ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको छ ।
जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
६ महिनादेखि १ वर्षसम्म कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले अब कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
यी हुन् कालो सूचीमा परेका निर्माण कम्पनी















