काठमाडौं ।
सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ६८ हजार ७७५ रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार २०० रुपैयाँले वृद्धि भएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ७९७ रुपैयाँ निर्धारण भएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव स्वदेशी बजारमा पनि परेको महासंघले जनाएको छ।














