काठमाडौं ।
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङलाई स्पष्टीकरण सोधेको छ । नेकपा एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गरिएको असभ्य नाराबाजीको विषयमा स्पष्टीकरण सोधेको हो ।
तुलसीपुरमा एमालेको झण्डा जलाउँदै रासोपा कार्यकर्ताले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेपछि गरेका थिए । आयोगले पार्टी सभापतिका नाममा स्पष्टीकरणका लागि पत्र पठाएको हो ।
कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा पत्रप्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।














