काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्की आज मुस्ताङ पुगेकीछन् ।शुक्रबार मुस्ताङ पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले हिमाली बस्तीको अवलोकन गरेकी छन् ।
मौसमका कारण हिमालीबस्तीमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रभावित हुन सक्ने चर्चा भइरहेको समयमा प्रधानमन्त्री कार्कीले आज मुस्ताङको भ्रमण गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले २१ फागुनमा एकैपटक चुनाव हुने बताउँदै आइरहेकी छन् ।प्रधानमन्त्री कार्कीले मुस्ताङका स्थानीयबासिन्दासँग समेत अन्तरक्रिया गरेकी छन् ।
साथै मुस्ताङका सरकारी अधिकारीहरूसँग पनि चुनावका लागि भइरहेको तयारीबारे जानकारी लिएकी छन् ।प्रधानमन्त्री कार्कीले मुक्तिनाथ मन्दिरको समेत दर्शन गरेकी छन् ।















