केशरमहलबाट तरबार र बाघको टाउँको चोर्ने दुई प्रकाउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं केशरमहलका पुरातात्विक महत्वका सामग्रीहरु चोरीमा संलग्न दुई जना प्रकाउ परेका छन् । महलबाट बाघको टाउको, महल बनाउने राणा कमाण्डर केशर शमशेरको पोशाक, तरवार लगायत गत सोमबार चोरी भएको थियो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको अनुसार संलग्न दाङका १८ वर्षीय सुमन शर्मा र रुकुम पश्चिमका ३६ वर्षीय वीरबहादुर सुनार पक्राउ परेका हुन्।

उनीहरुले केशर पुस्तकालयको ठूलो कोठो कोठाभित्र संलकन गरी राखिएको सामग्री चोरी गरेर बोरामा राखेर फालेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार शर्मा र सुनार ती सामान लिन जाँदा पक्राउ परेका थिए ।

शर्माले प्रहरीसँग बयान दिँदै ‘गणेश श्रीपालीले आफ्नो स्कुटर केशरमहलमा राखेको र लिन आउनू भनेकाले’ केशरमहल गएको दाबी गरेका छन् । तर गार्डले के सामान लिएर आएको भनेर सोधेपछि स्कुटर र सामान केशरमहलको कम्पाउण्डमा लगेर फरार भएको भनेका छन् ।

सामान बरामद गरेर अनुसन्धान गर्दा चोरीमा गणेशसँगै दिपन्द्र भन्ने देवेन्द्र केसीको पनि संलग्नता खुलेका छ । तर उनीहरु हालसम्म फरार छन् ।

  • ६ माघ २०७८, बिहीबार १६:०१ प्रकाशित